मकवानपुरमा इभी गाडी दुर्घटना, १० जनाको मृत्यु, पाँच घाइते
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहान करिब ६ बजेर १० मिनेटमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रारम्भिक विवरणअनुसार गाडीमा १५ जना सवार थिए । दुर्घटनामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन् । दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ । सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा उद्धार टोली परिचालन गरिएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
Facebook Comments Box

