नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।

रायमाझीलाई कैदमुक्त गर्न काठमाडौँ जिल्ला अदालतले कारागार कार्यालयलाई संशोधित कैदीपुर्जी पठाएको थियो। ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार उनलाई रिहा गरिएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी २०८० वैशाख २० गतेदेखि थुनामा थिए।

काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो। कारागार कार्यालय डिल्लीबजारका अनुसार अदालतबाट तिहारअघि नै रिहाइसम्बन्धी पत्र प्राप्त भएको थियो।

Facebook Comments Box