आज पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति पनि यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र गण्डकी प्रदेशको हिमाली भूभागमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। शुक्रबार पनि देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box