रौतहटमा युवामाथि गोली प्रहार, अवस्था गम्भीर
रौतहट । रौतहटको गौरमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्। गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक मंगलबार राति स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।
गोलीका छर्रा लागेर यादवको ढाड, पाखुरा र दुवै खुट्टामा चोट लागेको छ। गौरस्थित प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल लगिएको छ। घटनास्थलबाट ७ दशमलव ६२ एमएम पेस्तोलका तीनवटा खोका फेला परेका छन्। घटनामा संलग्न व्यक्तिको खोजी तथा घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box

