समयमै काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनी कालो सूचीमा

काठमाडौँ । सरकारले समयमै निर्माण कार्य सम्पन्न नगर्ने छ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न सरकारी निकायको सिफारिसमा ती कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम एक वर्षदेखि तीन वर्षसम्मका लागि कम्पनीहरूलाई कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । कालो सूचीमा राखिएको अवधिभर ती निर्माण कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

Facebook Comments Box