कात्तिक १ देखि चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ । आगामी कात्तिक १ गतेदेखि चार दिनसम्म काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको छ। काठमाडौँ महानगरपालिकाका अनुसार दसैँको मुख्य पर्व परेकाले सफाइ कर्मचारीहरू पर्व मनाउन जाने हुँदा बञ्चरेडाँडास्थित अन्तिम फोहोर व्यवस्थापनस्थलमा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले कात्तिक १ देखि ४ गतेसम्म घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर राख्न आग्रह गर्नुभएको छ। उहाँले उक्त अवधिमा फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थानमा नफाली आफ्नै घर वा कम्पाउन्डभित्र सुरक्षित रूपमा व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ। महानगरपालिकाले कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापन नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

Facebook Comments Box