बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन
काठमाडौँ । प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशका म्याग्दी र गोरखामा दुई राजमार्ग प्रभावित भएका छन्। प्रहरीको पछिल्लो विवरणअनुसार बाढीपहिरोका कारण सडकमा यातायात सञ्चालनमा समस्या भएको हो। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा गत असोज १० गते पहिरो गएपछि अवरुद्ध भएको सडक हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
यस्तै, गोरखाको आरुघाट गाउँपालिकाका वडा नम्बर २, ३ र ९ अन्तर्गत नयाँपुल क्षेत्रमा असोज २५ गते आएको बाढीले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीका कारण सोतीमा रहेको फलामे पुल तथा आरुघाटबाट धादिङ जोड्ने मुख्य सडकसमेत ठप्प भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box

