कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ। मधेससहित कोशी र बागमतीका तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभाग तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। तराईमा बिहानीपख हुस्सु लाग्न सक्ने तथा कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box