वीरगन्ज भन्सारले भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गर्‍यो

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार भदौका लागि निर्धारण गरिएको मासिक राजस्व लक्ष्यको ९९.७५ प्रतिशत सङ्कलन भएको हो । भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।

मूल्य तथा राजस्व योगदानका आधारमा वीरगन्ज भन्सारबाट बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख रूपमा आयात हुने वस्तु रहेको कार्यालयले जनाएको छ ।

Facebook Comments Box