मुगुमा आज बिहान दुई पटक भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो ।

त्यसैगरी बिहान ४ बजेर २८ मिनेटमा मुगुकै कलाई आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि गत साउन २६ गते जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु भएर बिहान ९ बजेर ८ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Facebook Comments Box