देशका विभिन्न भागमा वर्षा, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ४ बजेर ४० मिनेटसम्मको विवरणमा पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौर मौसम मापन केन्द्रमा सबैभन्दा धेरै १९ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा भइरहेका क्षेत्र तथा आसपासका भूभागमा थप वर्षा हुने सम्भावना रहेको छ। वर्षा भइरहेका स्थानमा बाढी, पहिरो तथा अन्य जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित सबैमा आग्रह गरेको छ।

Facebook Comments Box