भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

काठमाडौँ । चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ। नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३,

चितवनमा १३२, नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिममा १५ र तनहुँमा २२ जनाको मृत्यु भएको छ।बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box