बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष दाहाल १५ लाख धरौटीमा रिहा

काठमाडौँ, १ भदौ – नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष एवं सहसचिव मदन दहाललाई भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले दहाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दहालविरुद्ध तीन अर्ब ५० करोड ३० लाख ६३ हजार एक सय ९२ रुपैयाँ बिगो कायम गरी त्यसको आधा रकम बराबर जरिवाना मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

दहालमाथि एउटै कम्पनीमा बारम्बार समान प्रकृतिको लगानी गर्न स्वीकृति दिएको, एउटै सेयरमा लगानी केन्द्रित हुँदा उच्च जोखिम देखिए पनि नियमन नगरेको र सोही सेयरमा लगानी गर्न सहज वातावरण बनाएको आरोप लगाइएको छ।

यस्तै, सीमित स्वार्थ समूहको हितअनुकूल काम गरेकोलगायतका आरोप पनि उहाँमाथि लगाइएको छ। दहालले २०८१ मंसिर २८ गतेदेखि २०८१ फागुन १२ गतेसम्म नेपाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो।

Facebook Comments Box