सङ्घीय संसद् अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका तीन वटा संसदीय समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक छुट्टाछुट्टै समयमा बस्नेछ । अपराह्न २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयन अवस्थाबारे छलफल गरिने कार्यसूची रहेको छ ।

त्यसैगरी, बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाबारे विस्तृत छलफल हुने छ । यस्तै, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीसँग विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

Facebook Comments Box