मुग्लिन–नारायणगढ सडकमा दुईवटा बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध

चितवन, ३ साउन – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक दुईवटा बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनामा परेका बसलाई सडकबाट हटाउने काम भइरहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने घाइतेको यकिन संख्या भने सार्वजनिक गरिएको छैन। जिल्ला प्रशासन कार्यालय चितवनले वर्षा र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन रोक लगाएको थियो।

सडक आइतबार बिहान ६ बजेबाट सञ्चालनमा आएको केही समयमै दुर्घटना भएको हो।सडक खुल्नेबित्तिकै सवारीसाधनले लेन मिचेर सञ्चालन गर्दा दुर्घटना र लामो जामको समस्या दोहोरिने गरेको सडक डिभिजन कार्यालयले जनाएको छ। कार्यालयले चालकलाई निर्धारित लेनको पालना गर्दै सीमित गतिमा सवारी चलाउन तथा वर्षायाममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box