राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण
काठमाडौं, २६ असार – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले बिहीबार ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार संघीय संसद्बाट पारित भएका यी चारवटै विधेयक बिहीबार नै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएको थियो।
Facebook Comments Box

