२४ घण्टामा १ हजार ५९२ सवारीसाधन कारबाही, २० लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं, १६ असार – काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५९२ सवारीसाधनलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने ८७ जना, रातो बत्ती उल्लङ्घन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जनामाथि कारबाही गरिएको हो।

त्यस्तै, गाडीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लङ्घन गर्ने ५६ जना, एकतर्फी सडकमा सवारी चलाउने ३२ जना तथा अन्य विभिन्न ट्राफिक कसुरमा एक हजार ५८ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय ट्राफिक अनुशासन उल्लङ्घन गर्ने सवारीसाधनमाथि निगरानी बढाउँदै कडाइका साथ कारबाही अभियान सञ्चालन गरिरहेको जनाएको छ।

Facebook Comments Box