प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था तथा गोरखापत्र संस्थानको लागि आवेदन आह्वान
काठमाडौं, ७ जेठ – प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था का अध्यक्ष तथा गोरखापत्र संस्थान को महाप्रबन्धक पदका लागि आवेदन आह्वान गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालय ले बुधबार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो । आवेदन दिने अन्तिम म्याद यही जेठ १८ गतेसम्म तोकिएको छ ।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको बालेन्द्र शाह नेतृत्वको सरकारले अघिल्लो सरकारका पालामा भएका राजनीतिक नियुक्ति खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो । मन्त्रालयका अनुसार आवेदन फारम, आवश्यक योग्यता, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ ।
Facebook Comments Box

