झापामा जंगली हात्तीको आक्रमणबाट युवक घाइते

झापा, २९  वैशाख – अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्। प्रहरीका अनुसार गएराति करिब ९ बजेतिर मिलनचोकस्थित सडकमा हिँडिरहेका स्थानीय २४ वर्षीय दिनेश पराजुली माथि अचानक जंगली हात्तीले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ। घाइते पराजुलीलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ। उहाँको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

Facebook Comments Box