देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं, २२ वैशाख  – हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी प्रदेशगण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा अन्य स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा हुन सक्ने जनाइएको छ। महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box