अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ, १५ वैशाख – अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। शहरी विकास मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रारम्भिक रूपमा छनोट भएका १२ जनामध्येबाट अन्तिम तीन जनाको नाम सिफारिस गरेको हो।
सिफारिस सूचीमा कास्कीका डा. विकास अधिकारी, बैतडीका डा. आनन्द सिंह भाट र सिराहाकी संगिता यादव परेका छन्। कार्यकारी अध्यक्ष पदका लागि मन्त्रालयले कात्तिक २७ गते आवेदन आह्वान गरेको थियो। सोही सूचनाअनुसार प्राप्त आवेदनमध्ये प्रारम्भिक छनोटमा परेका उम्मेदवारबाट अन्तिम सिफारिस गरिएको हो।
सिफारिस समितिका अनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मूल्यांकनका आधारमा योग्यताक्रम अनुसार तीन जनाको नाम सिफारिस गरिएको हो।

