तराईमा तातो दिन, अन्यत्र बादल

काठमाडौँ,  १४ वैशाख – पश्चिमी तथा स्थानीय वायुका साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशभर मौसममा आंशिक बदली देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ भने मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने र तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box