पहाडमा वर्षा, तराईमा गर्मी बढ्दै

काठमाडौं, ४ वैशाख – मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मिश्रित मौसम देखिएको छ। हाल कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ। गण्डकीका केही पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ।

तराईका अधिकांश जिल्लामा भने मौसम सामान्यतया सफा रहँदा गर्मी बढ्न थालेको छ। महाशाखाले शुक्रबारका लागि जारी गरेको पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै यी क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।

यस्तै कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश का उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहे पनि मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम बढ्दै जाने संकेत गरिएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box