मन्त्री गीता चौधरी को निर्देशनमा त्रिपुरेश्वरस्थित बागमती स्वीट्स शिलबन्दी

काठमाडौं, ४ वैशाख  – कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा वन तथा वातावरण मन्त्रालय की मन्त्री गीता चौधरी को निर्देशनमा काठमाडौँ–११ त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालि लाई शिलबन्दी गरिएको छ। गत चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागजिल्ला प्रशासन कार्यालय काठमाडौं को संयुक्त अनुगमन टोलीले सो उद्योगमा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी फेला पारेको थियो।

अनुगमनपछि उत्पादन रोक्न चेतावनी दिँदा पनि अटेरी गरेपछि बिहीबार मन्त्री चौधरीको निर्देशनमा उद्योग शिलबन्दी गरिएको जनाइएको छ। उत्पादन रोक्का गरिएको उक्त उद्योगले सरकारी कार्यालयमै खाजा आपूर्ति गर्दै आएको पनि पाइएको छ।

घटनाबारे थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ। मन्त्री चौधरीले खाद्य स्वच्छता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गरिने चेतावनी दिएकी छन्।

Facebook Comments Box