काठमाडौँ उपत्यकामा ४७६ जना सहित देशभर थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४७६ जना सहित देशभर थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ जनामा संक्रमण देखिएको छ ।

यस्तै, देशभरको प्रयोगशालामा १२ हजार २०४ आरटी पीसीआर तथा ४ हजार ७०९ एन्टीजेन परिक्षण सहित १६ हजार ९१३ जनाको परिक्षण गर्दा ४ हजार ५२२ जनामा संक्रमण देखिएको हो । यो सँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४७० रहेको छ भने सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ८ हजार ८१३ रहेको छ

Facebook Comments Box