आजको मौसम : केही प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २३ चैत – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरका कारण सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।

हाल गण्डकी प्रदेश का पहाडी भूभागका केही स्थान, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश का पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी प्रदेश, बागमती प्रदेशकोशी प्रदेश का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेश का हिमाली भूभागका केही स्थान तथा बागमती प्रदेश, लुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

Facebook Comments Box