इन्धनमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि

काठमाडौँ, १९ चैत – नेपाल आयल निगम ले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। नयाँ मूल्य आज (चैत २०) मध्यरातदेखि लागू भएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार:

तेस्रो वर्ग (काठमाडौँ, पोखरा, दिपायल):

  • पेट्रोल: २०२ रुपैयाँ (पहिले १८७)
  • डिजेल/मट्टितेल: १८२ रुपैयाँ (पहिले १६७)

पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज):

  • पेट्रोल: १९९ रुपैयाँ ५० पैसा (पहिले १८४)
  • डिजेल/मट्टितेल: १७९ रुपैयाँ ५० पैसा (पहिले १६४.५०)

दोस्रो वर्ग (सुर्खेत, दाङ):

  • पेट्रोल: २०१ रुपैयाँ (पहिले १८६)
  • डिजेल/मट्टितेल: १८१ रुपैयाँ (पहिले १६६)

निगमका अनुसार मूल्य समायोजनपछि पनि १५ दिनको अवधिमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

Facebook Comments Box