इन्धनमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि
काठमाडौँ, १९ चैत – नेपाल आयल निगम ले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। नयाँ मूल्य आज (चैत २०) मध्यरातदेखि लागू भएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार:
तेस्रो वर्ग (काठमाडौँ, पोखरा, दिपायल):
- पेट्रोल: २०२ रुपैयाँ (पहिले १८७)
- डिजेल/मट्टितेल: १८२ रुपैयाँ (पहिले १६७)
पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज):
- पेट्रोल: १९९ रुपैयाँ ५० पैसा (पहिले १८४)
- डिजेल/मट्टितेल: १७९ रुपैयाँ ५० पैसा (पहिले १६४.५०)
दोस्रो वर्ग (सुर्खेत, दाङ):
- पेट्रोल: २०१ रुपैयाँ (पहिले १८६)
- डिजेल/मट्टितेल: १८१ रुपैयाँ (पहिले १६६)
निगमका अनुसार मूल्य समायोजनपछि पनि १५ दिनको अवधिमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
Facebook Comments Box

