आज विश्व जल तथा मौसम दिवस मनाइँदै
काठमाडौँ, ९ चैत – ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी आज विश्व जल तथा मौसम दिवस मनाइँदै छ। दिवसका अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व तथा जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ।
जल तथा मौसम विज्ञान विभाग का मौसमविद् सुजन सुवेदीका अनुसार यससम्बन्धी विभिन्न कार्यक्रम तय गरिएको छ। प्रत्येक वर्ष मार्च २३ मा मनाइने यस दिवसले मौसम तथा जलवायु सेवाको महत्वबारे विश्वभर सचेतना फैलाउने उद्देश्य राख्छ। साथै, मानव जीवन, कृषि, जलस्रोत र विपद् व्यवस्थापनमा मौसम सेवाले पु¥याएको योगदानबारे जानकारी गराउने गरिन्छ
Facebook Comments Box

