समानुपातिकतर्फ मतगणना जारी : रास्वपा अग्रस्थानमा

काठमाडौँ, २५ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ। निर्वाचन आयोग का अनुसार अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ।

आयोगको विवरणअनुसार रास्वपाले ४३ लाख ९० हजार ३५ मत प्राप्त गरेको छ। यस्तै नेपाली कांग्रेस ले १४ लाख ७० हजार ७९६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १२ लाख ३१ हजार ७८९ तथा नेपाल कम्युनिष्ट पार्टी ले ६ लाख ५६ हजार ९४१ मत प्राप्त गरेका छन्।

त्यसैगरी श्रम संस्कृति पार्टी ले तीन लाख १३ हजार ४८९ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले दुई लाख ९४ हजार ३५५ मत प्राप्त गरेका छन्।

आयोगको मतगणना प्रविष्टि प्रणालीअनुसार जनता समाजवादी पार्टी नेपाल ले एक लाख ४० हजार २३७, राष्ट्रिय परिवर्तन पार्टी ले एक लाख ३७ हजार २४५, जनमत पार्टी ले ६२ हजार ४६० तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी लगायत दलले ५० हजार ५१ मत प्राप्त गरेका छन्।

यसैबीच पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ १६४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी का १२४ उम्मेदवार विजयी भइसकेका छन्।

नेपाली कांग्रेस का १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सात, नेपाल कम्युनिष्ट पार्टी का सात, श्रम संस्कृति पार्टी का तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी का एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले) एक–एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन्। गोरखा क्षेत्र नं १ मा रास्वपा, इलाम क्षेत्र नं १ मा कांग्रेस तथा सङ्खुवासभा क्षेत्र नं १ मा एमालेका उम्मेदवार अगाडि रहेका छन्।

Facebook Comments Box