निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान सञ्चालन हुने
काठमाडौँ, २० फागुन – नेपाल नागरिक उड्डयन प्राधिकरण ले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ।प्राधिकरणका अनुसार देशभरका सबै प्रकारका आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन गरिनेछन्। अन्तरराष्ट्रिय उडान भने मध्यपूर्वी गन्तव्यबाहेक अन्य गन्तव्यमा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारिएको छ।
मध्यपूर्वी गन्तव्यका उडान सम्बन्धित देशको निर्णय तथा गन्तव्य विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीले सार्वजनिक गर्ने संशोधित उडान तालिकाअनुसार सञ्चालन हुने जनाइएको छ। मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण ती क्षेत्रतर्फका उडानहरू हालका लागि स्थगित हुँदै आएका छन्।
Facebook Comments Box

