बजार अनुगमन : एक फर्मलाई जरिवाना, अर्कोलाई ताकेता
काठमाडौँ, ६ फागुन – बजार अनुगमनलाई तीव्र बनाउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ भने अर्कोलाई कागजातसहित उपस्थित हुन ताकेता गरेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि काठमाडौँ महानगरपालिका–११ स्थित ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई रु पाँच हजार जरिवाना गरिएको विभागले जनाएको छ।
यसैगरी, चाबहिलस्थित हेल्दी बाइट्स सर्भिसेज प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। विभागले थप ११ वटा फर्मलाई सुधारात्मक निर्देशनसमेत दिएको जनाएको छ। स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित पक्षको उपस्थितिमा नियमित बजार अनुगमन गरी कानुन कार्यान्वयन गरिँदै आएको विभागको भनाइ छ।
Facebook Comments Box

