‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सार्थक तुल्याउने एमालेको लक्ष्य
काठमाडौं, २ फागुन – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवादउन्मुख अर्थतन्त्रमार्फत समान अवसरसहित न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार छलफल कार्यक्रममा पार्टीका निर्वाचन संयोजक मीनबहादुर शाहीले लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले राजनीतिक स्थायित्व तथा सुशासनमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो।
उहाँले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र मर्यादित रोजगारी सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। साथै, सबै पेसाकर्मी, विदेशमा रहेका नेपाली तथा युवा शक्तिलाई पार्टीसँग सहकार्य गर्न पनि उहाँले आह्वान गर्नुभयो।
एमालेले राष्ट्रिय आकाङ्क्षालाई व्यवहारमा उतार्दै आर्थिक समृद्धि, सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

