वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था
काठमाडौँ, १ फागुन – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले विभिन्न १७ वटा सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। चालु आर्थिक वर्षको मूल्याङ्कनमा विराटनगर महानगरपालिका ७८.११ प्रतिशत अङ्कसहित शीर्ष स्थानमा रहेको छ।
त्यस्तै ललितपुर महानगरपालिका ७६.३३ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ भने काठमाडौँ महानगरपालिका ले ४४.९७ प्रतिशत अङ्क प्राप्त गरेको छ। अन्य महानगरपालिकामा भरतपुर महानगरपालिका ले ६८.०८ प्रतिशत, वीरगन्ज महानगरपालिका ले ५४ प्रतिशत र पोखरा महानगरपालिका ले ५८.७६ प्रतिशत अङ्क प्राप्त गरेका छन्।
काठमाडौँका ११ स्थानीय तहको अवस्था
काठमाडौँ जिल्लाभित्रका ११ स्थानीय तहमध्ये नागार्जुन नगरपालिका ७०.६३ प्रतिशत अङ्कसहित शीर्ष स्थानमा रहेको छ।
अन्य स्थानीय तहहरूको अवस्था यसप्रकार छः
-
शङ्खरापुर नगरपालिका – ५५.२०%
-
कागेश्वरी मनहरा नगरपालिका – ६१.८२%
-
गोकर्णेश्वर नगरपालिका – ५६.७८%
-
बूढानीलकण्ठ नगरपालिका – ५१.३९%
-
टोखा नगरपालिका – ६५.६७%
-
तारकेश्वर नगरपालिका – ५९.२९%
-
कीर्तिपुर नगरपालिका – ६२.१५%
-
चन्द्रागिरि नगरपालिका – ६७.५९%
-
दक्षिणकाली नगरपालिका – ५३.२२%
भक्तपुर जिल्ला
-
भक्तपुर नगरपालिका – ६८.३२%
-
चाँगुनारायण नगरपालिका – ६२.५९%
-
मध्यपुरथिमि नगरपालिका – ५०.९२%
-
सूर्यविनायक नगरपालिका – ६६.५२%
ललितपुर जिल्ला
-
महालक्ष्मी नगरपालिका – ५१.७८%
-
गोदावरी नगरपालिका – ४०.९३%
-
कोन्योसोम गाउँपालिका – ६८.७९%
-
महाँकाल गाउँपालिका – ७२.९९%
-
बागमती गाउँपालिका – ६७.८४%
आयोगले मूल्याङ्कन गर्ने प्रमुख सूचक
आयोगले १७ सूचकका आधारमा मूल्याङ्कन गर्दै आएको छ। तीमध्ये प्रमुख सूचकहरू:
-
असार १० गतेभित्र बजेट पेस गरे/नगरेको
-
राजस्व अनुमान पारित गरे/नगरेको
-
घरजग्गा रजिस्टे«सन शुल्क तथा मनोरञ्जन करको ४०% प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको
-
बजेट कार्यान्वयनको वार्षिक समीक्षा सार्वजनिक गरे/नगरेको
-
राजस्व परिचालनको अवस्था
-
विनियोजित बजेटअनुसार खर्चको स्थिति
-
लेखापरीक्षण बेरुजु फर्छ्योटको अवस्था
-
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली प्रयोग
-
आवधिक योजना तर्जुमा
-
कक्षा १–८ खुद भर्नादर
-
कक्षा ८ देखि ९ टिकाउदर
-
कक्षा १० मा न्यूनतम जिपिए १.६ वा सोभन्दा माथि ल्याउने विद्यार्थीको प्रतिशत
-
कम्तीमा चारपटक गर्भजाँच गर्ने महिलाको अनुपात
-
पूर्णखोप पाएका बालबालिकाको अनुपात
-
आयोगको अनलाइन पोर्टलमा समयमै विवरण प्रविष्ट गरे/नगरेको
यिनै सूचकका आधारमा आयोगले गाउँपालिका र नगरपालिकाको समग्र कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ।

