निर्वाचन ४७ दिन बाँकी : निर्वाचन सामग्री ढुवानीका लागि १३ सेवाप्रदायक सूचीकृत

काठमाडौँ, ३ माघ – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री ढुवानीका लागि १३ वटा व्यवसायिक सेवाप्रदायक संस्था सूचीकृत गरेको छ।

हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानी सुनिश्चित गर्न आयोगले कुरियर सेवातर्फ दुई वटा फर्म छनोट गरेको छ। आयोगका अनुसार साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिष्टिक प्रालि छनोट भएका हुन्।

आयोगले हेलिकोप्टर सेवाका लागि पनि सूचीकृत हुन आग्रह गरेको भए तापनि हालसम्म कुनै पनि फर्मले निवेदन दर्ता नगराएको जनाएको छ।त्यसैगरी, ट्रक तथा कन्टेनर सेवातर्फ ११ वटा फर्म सूचीकृत भएका छन्।

सूचीकृत हुनेमा हिमालयन कार्गो लजिष्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट, अदिति ट्रान्सपोर्ट, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स र एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि रहेका छन्।

आयोगका अनुसार गत पुस १७ गते जारी गरिएको सार्वजनिक सूचनाका आधारमा प्राप्त निवेदनलाई तोकिएका मापदण्ड र वार्षिक औसत कारोबारको आधारमा मूल्याङ्कन गरी ती फर्महरू सूचीकरण गरिएको हो। सूचीकृत सेवाप्रदायक संस्थाहरूलाई निर्वाचन सामग्री आपूर्तिमा परिचालन गरिने आयोगले जनाएको छ।

Facebook Comments Box