पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, २ माघ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेर १५६ रुपैयाँ कायम भएको छ ।

यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेर १३६ रुपैयाँ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

Facebook Comments Box