भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको डोनाल्ड ट्रम्पको दाबी
काठमाडौँ, १९ पुस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् । ट्रम्पले भेनेजुएलाको राजधानी काराकारमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।
भेनेजुएलाको राजधानी काराकासमा भएको विष्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् । ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘अमेरिकाले भेनेजुएला र उसका नेता, राष्ट्रपति निकोलस मादुरोविरूद्ध सफलतापूर्वक ठूलो स्तरमा आक्रमण गरकोको छ ।
मादुरोलाई उनकी पत्नी साथ पक्राउ गरिएको छ र देशभन्दा बाहिर लगिएको छ ।’ राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।
Facebook Comments Box

