एनपिएलः लिग चरणको अन्तिम खेल आज

काठमाडौँ, २१ मङ्सिर – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

छ–छ खेलबाट समान दुई अङ्क जोडेका दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेकाले आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। यसअघि नै सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरमा प्रवेश गरेका छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटर चरणमा स्थान सुरक्षित गरिसकेका छन्।

Facebook Comments Box