गण्डकी प्रदेशको हिमाली भेगमा आज राति हल्का वर्षा/हिमपातको सम्भावना

काठमाडौँ, २० मङ्सिर – देशका अधिकांश स्थानमा आज मौसम सामान्य रूपमा सफा रहे पनि गण्डकी प्रदेशको हिमाली भू–भागमा आज राति हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा देखिएको छ।

आज राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा/हिमपात हुन सक्ने उल्लेख छ। यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि हल्का बदली रहने अनुमान गरिएको छ। दिउँसो सुदूरपश्चिम, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफै रहने विभागले जनाएको छ।

Facebook Comments Box