प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, तयारी तीव्र– आयोगले सार्वजनिक गर्यो विस्तृत कार्यतालिका
काठमाडौँ, १९ मङ्सिर – आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन अब ९० दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। राजनीतिक दलहरूले पनि उम्मेदवारी छनोटदेखि संगठनात्मक तयारीसम्मका गतिविधि सक्रिय बनाइरहेका छन्।
आयोगले शनिबारदेखि समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी कार्यक्रम औपचारिक रूपमा सुरु गर्ने भएको छ। सोअनुसार मङ्सिर २१ गते बिहान १० बजेदेखि अपराह्न ४ बजे सम्म समानुपातिक प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समय तोकिएको छ। आवेदन दिने दलहरूको सूची मङ्सिर २४ गते प्रकाशित हुनेछ।
समानुपातिकतर्फका दलले पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ। बन्दसूचीको अन्तिम प्रकाशन भने माघ ३० गते हुनेछ। प्रत्यक्षतर्फको प्रमुख कार्यतालिका प्रत्यक्षतर्फ उम्मेदवार दर्ता प्रक्रिया माघ ६ गते हुनेछ। सोही दिन मनोनयनपत्र दर्तासँगै उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ। उम्मेदवारीमाथि विरोधमा उजुरी दिन माघ ७ गते समय तोकिएको छ।
आयोगका अनुसार—
-
माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन
-
माघ ९ गते उम्मेदवारी फिर्ता लिन सकिने
-
सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न वितरण
निर्वाचन मिति नजिकिँदै जाँदा आयोगको तयारी तीव्र भइरहेका बेला राजनीतिक दलहरूले पनि रणनीति, गठबन्धन तथा उम्मेदवार छनोटका गतिविधि सशक्त बनाएको देखिन्छ।

