एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ, १८ मङ्सिर – त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुने भएका छन्। पहिलो खेल बिहान ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुनेछ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जोगाइराख्न जित अनिवार्य छ। काठमाडौँले भने छ खेलमा आठ अङ्क जोडिसकेको छ।

दोस्रो खेल अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुने छ। प्लेअफमा स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिम १० अङ्कसहित शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई भने प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ।

Facebook Comments Box