कान्तिलोकपथ सडक अवरुद्ध
बागमती, ६ मङ्सिर – हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ। वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड गरी गइरहेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८, बगुवामा ब्रेकफेल भई अनियन्त्रित रूपमा पल्टिएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
सडक अवरुद्ध भएपछि हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ गइरहेका सवारी साधन बाटोमै रोकिएका छन्। ट्रक हटाएर सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box

