कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

काठमाडौँ, ६ मङ्सिर – आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जबकि अन्य स्थानमा मौसम मुख्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

विभागका अनुसार आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सफैदी रहनेछ।

Facebook Comments Box