लाइसेन्स विवरण अब फेसबुकमार्फत हेर्न सकिने
काठमाडौँ, ५ मङ्सिर — यातायात व्यवस्था विभागले छपाइ सम्पन्न भएर वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को जानकारी अब फेसबुक मार्फत उपलब्ध गराउने भएको छ। विभागले बिहीबार सूचना जारी गर्दै सुरक्षण मुद्रण केन्द्रमा छपाइ पूरा भई विभागमा आइपुगेका लाइसेन्सहरूको सूची आधिकारिक फेसबुक पेज ‘Hello Yatayat Byabastha Bibhag’ मा सार्वजनिक गरिने जनाएको छ।
विभागका अनुसार पहिले अनलाइन फॉर्म ‘एप्रुभ’ भएको ७२ घण्टाभित्र लाइसेन्स लिन आउन सूचना प्रणालीमार्फत सन्देश पठाइन्थ्यो। तर जेनजी आन्दोलनका कारण सो प्रणाली बिग्रिएपछि नयाँ व्यवस्था अपनाइएको हो। फेसबुकमा नाम सार्वजनिक भइसकेपछि सेवाग्राहीले सक्कल राजस्व रसिद र पुरानो चालक अनुमतिपत्रसहित विभागमा उपस्थित भएर लाइसेन्स बुझ्न विभागले आग्रह गरेको छ।
Facebook Comments Box

