जेनजी आन्दोलनः तोडफोड र आगजनीको आरोपमा पाँच जना पक्राउ

बागमती, २७ कात्तिक – जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार,

बागमती प्रदेशसभा सचिवालय भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी गरेको आरोपमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने (रोमहादुर घतानेल) पक्राउ परेका छन्।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र मगर पक्राउ परेका छन्। उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान जारी छ।

Facebook Comments Box