पूर्वप्रधानमन्त्री ओली र प्रचण्डका सुरक्षाकर्मी फिर्ता
काठमाडौँ, २३ असोज – सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ।
मापदण्डभन्दा बढी संख्यामा सुरक्षाकर्मी परिचालन भएको ठहर गर्दै गृह मन्त्रालयको निर्णयअनुसार दुवै नेताको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीहरू फिर्ता बोलाइएका हुन्।
स्रोतका अनुसार गृह मन्त्रीस्तरीय निर्णयबाट ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी फिर्ता गराइएका छन्। सरकारले पूर्वप्रधानमन्त्रीका लागि तोकिएको सुरक्षा मापदण्डअनुसार मात्रै सुरक्षाकर्मी उपलब्ध गराउने नीति लिएको जनाएको छ।
Facebook Comments Box

