नागढुंगा–मुग्लिन सडकमा पहिरो, प्रहरीले यात्रा नगर्न आग्रह
काठमाडौं, १८ असोज : नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि प्रहरीले यात्रुहरूलाई सडक प्रयोग नगर्न आग्रह गरेको छ। नागढुंगामा तैनाथ प्रहरीहरूले माइकिङ गर्दै धादिङतर्फ नजान र सुरक्षित तरिकाले काठमाडौं फर्किन अनुरोध गरिरहेका छन्।
धादिङ र तनहुँतर्फका जोखिमयुक्त सडकमा मंगलबार बिहान ६ बजेदेखि सवारी सञ्चालन रोकिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहान २ बजेतिर बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेपछि राजमार्ग बन्द भएको थियो। स्थानीय र सुरक्षाकर्मीको प्रयासमा बाटो खुले पनि फेरि ६ बजेतिर ठूलो पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box

