२० जिल्लामा बाढीको रेड अलर्ट

काठमाडौँ, १८ असोज : निरन्तर वर्षासँगै बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित २० जिल्लामा रेड अलर्ट जारी गरेको छ।

महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनमा बाढीको अति उच्च जोखिम देखिएको छ।

यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही र कपिलवस्तुमा बाढीको उच्च जोखिम रहने उल्लेख गरिएको छ।

त्यसैगरी कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके र बर्दियामा बहने स–साना नदीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउन सक्ने मध्यम जोखिम कायम रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box