नौबिसे–मुग्लिन सडकखण्डमा पहिरो पन्छाइए, तर सवारी चाप बढ्दो

काठमाडौँ, ९ असोज – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो हटाइए पनि सवारी साधनहरूको अत्यधिक चापका कारण सडकमा लामो लाइन देखिएको छ। गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंलाई जोड्ने यो मुख्य राजमार्ग ठप्प भएको थियो। डोजर प्रयोग गरेर राति नै पहिरो पन्छाइएपछि सडक आंशिक रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यता, मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिक झरेको ठूलो पहिरो भने अझै पन्छाउने काम भइरहेको छ। बुधबार साँझ वर्षाका कारण काम केही समय अवरुद्ध भए पनि बिहीबार बिहानैदेखि फेरि सुरु गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, सबै अवरोध पूर्ण रूपमा हटाएर सडक सहज बनाउन अझै दुई दिन लाग्ने अनुमान गरिएको छ।

Facebook Comments Box