केपी शर्मा ओली प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नं ५ मा जित सुनिश्चित
काठमाडौँ, ७ मङ्सिर – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नं ५ मा जित सुनिश्चित भएको छ । दोब्बर मतभन्दा बढीको फराकिलो मतान्तरले उहाँको जित सुनिश्चित भएसँगै एमालेको विजयी र्यालीको तयारी सुरु गरिएको छ ।
बुधबार साँझ ५ बजे सार्वजनिक गरिएको मत विवरणअनुसार ओलीले ४८ हजार ९४६ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २२ हजार ६२८ मत प्राप्त गर्नुभएको छ । अब करिब १० हजार मत गणना गर्न बाँकी रहेको छ । ओली र अधिकारीबीच २६ हजार ३१८ को मतान्तर रहेकाले अध्यक्ष ओली निर्वाचित हुने सुनिश्चित् भएको हो ।
Facebook Comments Box

